मंगलबार, माघ १, २०८१
11:45
|
१७:३०
पाकिस्तानमा वर्षाका कारण छाना खस्दा १३ को मृत्यु
रासस–सिन्ह्वा
अगस्ट २०, २०२२
इस्लामावाद, ४ भदौ –पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा गत २४ घण्टामा वर्षाका कारण घरको छत खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनाका साथै अन्य कैयौँ घाइते भएका स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।
लगातारको वर्षाका कारण घरको छाना खस्दा यस प्रान्तको खैरपुर जिल्लाको उपनगरीय गाउँमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारी मनसुन वर्षाका कारण सिन्धको लारकाना जिल्लामा थुप्रै घरको छत खस्दा अन्य आठ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। भारी वर्षाका कारण उद्धार कार्य निकै कठिन भएको उद्धार सेवाले सञ्चारमाध्यमलाई जनाएको छ ।
असार मसान्तदेखि सुरु भएको अविरल वर्षाका कारण देशभर ६९२ जनाको मृत्यु भएको छ भने एक हजार १ सय ४६ जना घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले शुक्रबार जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५