मंगलबार, माघ १, २०८१
11:48 | १७:३३

अफगानिस्तानले भूकम्प प्रभावित पूर्वी क्षेत्रमा दुई हजार २०० घर पुनःनिर्माण गर्ने

रासस/सिन्ह्वा अगस्ट २०, २०२२

भूकम्प पीडित आफ्नो भत्किएको घर अगाडि । तस्बिर सिन्हवा

काबुल, ४ भदौ –अफगानिस्तानले भूकम्प प्रभावित पूर्वी क्षेत्रमा दुई हजार दुईसय घर पुनःनिर्माण गर्ने बताएको छ ।

अफगानिस्तानको तालिवान नेतृत्वको प्रशासनले पूर्वी क्षेत्रका भूकम्प प्रभावित परिवारका लागि दुई हजार २०० घर पुनःनिर्माण गर्नुपर्ने अनुमान गरिएको जनाएको हो ।

त्यसैगरी, सरकारले पक्तिका प्रान्तको बरमल जिल्लामा एक हजार घर निर्माणका लागि काम शुरु भएको जनाएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय मामिला उपमन्त्री माउलावी शाराफुद्दिन मुस्लिमले उक्त परियोजनालाई संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसीआरले सहयोग गरेको जनाए ।

गत जुन २२ मा अफगानिस्तानमा गएको भूकम्पमा परी दुई हजारभन्दा बढी घर पूर्ण रूपमा भत्केका थिए । विनाशकारी भूकम्पका कारण पक्तिकाको गयान र बरमल जिल्ला तथा छिमेकी खोस्त प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै तीन हजारभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू