मंगलबार, मंसिर ११, २०८१
11:56 | १७:४१

सिरियाको बजारमा विस्फोट, १५ को मृत्यु

रासस/एपी अगस्ट २०, २०२२

टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूह रकेट प्रहार गर्दै । तस्बिर- एएफपी

बेरुत, ४ भदौ – सिरियामा विस्फोटनको घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

टर्कीको समर्थन रहेको विद्रोही लडाकु समूहले भिडभाड रहेको बजार क्षेत्रमा नै विस्फोटन गराएकाले ठूलो क्षति भएको जनाइएको छ । आक्रमणकारीले रकेट आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएका मध्ये तीन जना बालबालिका पनि छन् । घटना अत्यन्त क्रुर र निर्दयीपूर्ण रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

शुक्रबार भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने अल बाब सहरमा घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकी समर्थन रहेको कुर्दिस लडाकुहरूको आक्रमणमा परी ११ जना सुरक्षाकर्मीको मृत्यु भएको भोलिपल्ट यो घटना भएको हो ।

शुक्रबार भएको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी भने लिएको छैन । सुरक्षाकर्मीहरूले घटनाका दोषीको खोजी भइरहेको जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू