शनिबार, मंसिर १५, २०८१
03:39
|
०९:२४
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
रासस
अगस्ट १७, २०२२
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ ।
सो पार्टीको आज बसेको सचिवालय बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।
बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ ।
एकताका लागि (माओवादी केन्द्र) ले यसअघि नै निर्णय गरिसकेको थियो । नेकपा (एमाले) बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५