मंगलबार, माघ १, २०८१
12:08 | १७:५३

सोमालियामा अल सेबाबका १३ लडाकू मारिए 

रासस-सिन्ह्वा अगस्ट १५, २०२२

फोटो बीबीसी

मोगादिसु – सोमालियाको सेना र यहाँको संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको संयुक्त कारबाहीका क्रममा अल सेबाबका कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । मध्य सोमालियाको हिरान क्षेत्रमा भएको हवाई कारबाहीका क्रममा ती लडाकू मारिएका समाचारमा जनाइएको छ ।

सोमाली नेसनल आर्मी रेडियोले दिएको जानकारीअनुसार आइतबार यहाँको सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको हवाई कारबाहीका क्रममा ती लडाकू मारिएका छन् । हिरान क्षेत्रमा भएको आतङ्कवादीविरुद्ध कारबाहीमा ती लडाकू मारिएका सो रेडियोले जनाएको छ ।

उक्त कारबाहीका क्रममा परी अरु केही लडाकू घाइते भएका र अल सबाबका लडाकू भएका आश्रयस्थलहरु पनि ध्वस्त बनाइएको छ । यहाँका अल सेबाब लडाकूहरुका विरुद्धमा सोमालियाली सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले संयुक्त रुपमा आतङ्कवादीविरुद्ध कारबाही थालेका छन् ।

पछिल्ला दिनहरुमा अल सेबाबले यस क्षेत्रमा हिंसात्मक क्रियाकलाप सञ्चालन गर्दै आएकाले सो कारबाही अघि बढाइएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू