राजदूत सुवेदीको कार्यशैली जापानमा पनि बेलायत जस्तै
लन्डन । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पदवहाली गरे लगत्तै ‘आजको काम आजै, भोलि नभन्ने’ नीति अनुसार काम शुरु गरेका छन् ।
लन्डनको राजदूत छंदा दूतावासबाट हुने सेवा छिटो, छरितो र सहज बनाएर एकाएक लोकप्रियता कमाएका सुवेदीले जापान गएपछि पनि आफ्नो सोही कार्यशैलीलाई निरन्तरता दिएका हुन् ।
गत ३ अगष्टमा नेपाली राजदूतावास टोकियोमा पदबहाली गरेका राजदूत डा. सुवेदीले नेपाल सरकार र जापानस्थित नेपाली राजदूतावासप्रति सेवाग्राही तथा आम नेपाली नागरिकहरुको सकारात्मक भावना अभिवृद्धि गर्न दूतावासले प्रदान गर्ने राहदानी, प्रवेशाज्ञा, वारेसनामा तथा अन्य विभिन्न कागजातहरुको प्रमाणीकरण लगायत कन्सुलर सेवा सहज, सुलभ र जनमैत्री बनाउन आवश्यक प्रक्रिया पुरा भइ कागजात पेश भएको अवस्थामा उही दिनमा सेवा दिने निर्णय गरेका दूतावासले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५