परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता



चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खडका र चीनका विदेश मामिला मन्त्री वाङ यी बुधबार साँझ चीनको चिङदाओमा द्विपक्षीय भेटवार्ता गर्दै । तस्वीर सौजन्य- परराष्ट्र मन्त्रालय
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् ।
मन्त्री खड्का र विदेशमन्त्री वाङबीच आज साँझ चीनको चिङ्दाओमा सौहार्दपूर्ण र फलदायी भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै मन्त्रीहरुले नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै आपसीहितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् ।
मन्त्री खड्का चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) चीनको भ्रमणमा गएका हुन् ।
मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका थिए । मन्त्री खड्का तीनदिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५