बुधबार, भदौ २६, २०८१
11:52 | १६:३७

आक्रमणमा दुई प्यालेस्टाइनीको मृत्यु, ४० घाइते

रासस-एएफपी अगस्ट ९, २०२२

नाब्लस । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ ।

इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाईपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर छ ।

आतङ्कवादी इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । प्यालेस्टिनीहरूले सेनामाथि ढुङ्गा हानेपछि नाब्लसका अन्य भागहरूमा पनि इजरायली सेनासँग झडप भएको थियो । मार्च अन्त्यदेखि हालसम्म कम्तीमा ५७ प्यालेस्टाइनी मारिएका छन् । यी प्रायः वेस्ट बैंकका नै भएका समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू