सोमबार, फागुन १२, २०८१
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल


रासस
अगस्ट ६, २०२२
काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त भएका छन् । सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः नियुक्त भएका हुन् ।
अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने बताए ।
सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् ।
नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५