मंगलबार, मंसिर ११, २०८१
13:40 | १९:२५

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु

रासस-सिन्ह्वा अगस्ट ५, २०२२

सियोल । अस्पताल रहेको एउटा भवनमा आगलागी हुँदा दक्षिण कोरियामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना विरामी र एक जना नर्स रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अस्पतालमा आगलागी भएको बेलामा ३३ विरामी र १३ स्वास्थ्यकर्मी रहेका थिए । इचेओनमा भएको घटनामा परी अरु ४४ जना घाइते भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटनास्थल राजधानी सियोलदेखि ५० किलोमिटर टाढा पर्दछ । चार तले भवनको सबैभन्दा माथिल्लो तलमा स्थानीय समय अनुसार विहान १०.१७ मा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । सो भवनको चौथो तलामा अस्पताल थियो भने दोस्रो र तेस्रो तलामा कार्यालय र पहिलो तलामा रेस्टुरेन्ट थियो ।

आगालागी भएपछि आगो नियन्त्रण गर्न ३८ अग्नि नियन्त्रक ट्रक र १०८ जना उद्धारकर्ता परिचालन गरिएको थियो । उनीहरुले ११.२९ मा आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू