अल कायदा नेता जवाहिरी अमेरिकी कारबाहीमा मारिए
वासिङ्टन , १७ साउन -आतंकवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् ।
ती मिडियाका अनुुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन् । यस विषयमा ह्वाइट हाउसले सुरुमै केही सूचना दिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस विषयको जानकारी दिने बताइएको छ ।
जवाहिरी अल कायदा संगठनका नेता थिए । उनी सन् २०११ मा सो संगठनका नेता छानिएका थिए । अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए । अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिना पछि सो संगठनको नेता जवाहिरी चयन भएका थिए ।
राष्ट्रपतिद्धारा जवाहिरी मारिएको पुष्टि
यसैबीच अर्को एक समाचारमा अल कायदाका नेता आइमन अल जवाहिरी मारिएको समाचारको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।
राष्ट्रपति बाइडेनले सोमबार राति दिएको एक सन्देशमा अल कायदाका नेता जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा मारिएको बताएका हुन् ।
उनले अमेरिकाको प्रति आतंकवादी कारबाही अन्तर्गत अमेरिकी कारबाहीमा आतंकवादी संगठनका नेता जवाहिरी मारिएको पुष्टि गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५