शुक्रबार, पुष २६, २०८१
10:26 | १६:११

ज्यानमार्ने धम्कीपछि सलमानलाई बन्दुक राख्न अनुमति

रासस/एएनआई अगस्ट १, २०२२

मुम्बई, १६ साउन –मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ ।

सलमानले गुण्डागर्दी गर्नेहरुले ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति लिन आवेदन दिएको सोमबार एक अधिकारीले बताए ।

लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो । सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गरेका थिए ।

सलमानको आवेदनका आधारमा प्रहरीले उहाँलाई बन्दुकको लाइसेन्स जारी गरेको अधिकारीले बताए । सलमान र उनका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जून महिनामा पहिलो सूचना रिपोर्ट (एफआइआर) दर्ता भएको थियो ।

मुम्बई प्रहरीको एक टोलीले यस मुद्दाको सम्बन्धमा दिल्लीमा बिश्नोईलाई केरकार गरेको ती अधिकारीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू