बुधबार, माघ २, २०८१
13:39 | १९:२४

बेलायतमा सफलताको सूत्र उजागर गर्न कार्यक्रम

नेपाली लिङ्क जुलाइ ३१, २०२२

लन्डन । बेलायतको व्यस्त जीवन वर्णन गरि साध्य छैन् । सबैलाई काम र व्यवसायको तनाव छ । त्यसमाथि सफल हुने खुशी छन् तर असफलताले पिल्सिएकाहरुको रोदन बेग्लै छ ।

बेलायतमा सफलता कसरी प्राप्त गर्न सकिन्छ ? खुशी कसरी हुने, सम्पत्ति आर्जन गर्ने तरिका के छ ? पारिवारिक तथा साथीभाइहरुसंग सम्बन्ध कसरी बलियो बनाउने, नेतृत्व विकास र कसरी सार्थक जीवन जीउने ? शारिरिक तन्दुरुस्ती आदिमा केन्द्रित एउटा पृथक कार्यक्रम ‘अनलिस योर इनर सेल्फ इभेन्ट’ भयो गत शनिबार ३० जुलाई २०२२ बिहान ९ देखि दिउसो २:३० सम्म ।

यस खालको तेस्रो उक्त इभेन्ट फार्नबोरोस्थित भिलेज होटेलमा भएको हो र यसको आयोजक थियो माउसटेल ट्रान्सफर्मेसन । कार्यक्रमलाई पेपर वर्क सोलुसन र वाइबीसी क्लिनिङको विशेष सहयोग थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुले आ-आफ्नो अनुभव सेयर गरे ।


कार्यक्रममा विशेष वक्ताहरु थिए वाइबीसी क्लिनिङका म्यानेजिङ डाइरेक्टर तथा सफल ब्यवसायी योगेन क्षेत्री, ब्रिटिश आर्मीका लेफ्टिनेन्ट कर्णेल टोल खाम्चा, ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका म्यानेजिङ डाइरेक्टर मीन दर्लामी, पेपर वर्क सोलुसन्स् लिमिटेडका डाइरेक्टर श्याम श्रेष्ठ र माउसटेल ट्रान्सफर्मेसनका निर्देशक मान गुरुङ ।

शारिरिक ब्यायामबारे नेपालकी चर्चित नृत्यांगना तथा मोडल रिना थापामगर र चलचित्रका नायक, निर्देशक तथा निर्माता विमल गुरुङले कार्यक्रम 
सञ्चालन गरेका थिए भने फोटोग्राफीमा शंकर (इजरा) श्रेष्ठ तथा मिलन तमु थिए ।

व्यवसायमा हात हालेपछि सरकारी कर प्रणाली, व्यवसायिक योजना र बजार सर्वेक्षणमा जानकार हुन आवश्यक रहेको तथा आम्दानी वृद्धिका लागि सही र सान्दर्भिक निर्णय कसरी लिने भन्नेबारे चर्चा भयो ।


कार्यक्रमका सहभागीलाई असिमित चिया कफी, स्न्याक्स दिइएको थियो। उक्त कार्यक्रममा समाजसेवी, ब्यापारी, युवा र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो।

कार्यक्रम पश्चात सहभागीहरुबाट धेरै राम्रो प्रतिक्रिया आएकाले आगामी कार्यक्रम आउंदो १५ अक्टोबर २०२२ शनिबार हुने आयोजक मान गुरुङले जनाए । उनले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुराउने सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू