बुधबार, माघ २, २०८१
13:36 | १९:२१

प्रा. डा. सूर्य सुवेदीलाई हल विश्वविद्यालयको महाविद्यावारिधि

नेपाली लिङ्क जुलाइ ३१, २०२२

 लन्डन । बेलायतको हल विश्वविद्यालयमा एक भव्य दीक्षान्त समारोहबीच उक्त विश्वविद्यालयले प्राध्यापक डा. सूर्य प्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ ।

प्राध्यापक सुवेदीलाई दुई वर्ष अघि नै सन् २०२० मा उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिडका कारण हुन नसकेको दीक्षान्त समारोह अहिले भएको हो ।

उक्त विश्वविद्यालयकी कूलपति व्यारोनेस भर्जिनिया बटमलिले सुवेदीलाई महाविद्यावारिधि उपाधि प्रदान गरेकी थिइन्।

उनले सुवेदीको सम्मानमा एक रात्रीभोज समेत आयोजना गरेकी थिइन्।

प्राध्यापक सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भइ कानूनमा स्नातकोत्तर गरेका थिए ।

हालै मात्र उक्त विश्वविद्यालयले प्राध्यापक सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बांच्न पाउने विषयमा संसारमा जो सुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू