बुधबार, माघ २, २०८१
05:47
|
११:३२
राष्ट्रपति बाइडेनलाई पुनः कोरोना
रासस/सिन्ह्वा
जुलाइ ३१, २०२२
वासिङटन, १५ साउन–राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ । पहिलोपटक संक्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ संक्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् ।
तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि संक्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । ७९ वर्षीय राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए ।
संक्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सक कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५