मंगलबार, माघ १, २०८१
11:20 | १७:०५

प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्रीको भेटवार्ता

रासस जुलाइ २९, २०२२

प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शुक्रबार अमेरिकी विदेश मन्त्रालयको दक्षिणा एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गर्दै । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिला सहायक विदेश मन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच नेपाल–अमेरिका मैत्रिपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाललाई अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिँदै उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षासमेत गरेका थिए ।

यसअघि आजै सहायक विदेश मन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए । बिहिबार साँझ नेपाल भ्रमणमा आएका सहायक विदेश मन्त्री लुले यस अघि पनि गत मंसीरमा नेपालको भ्रमण गरिसकेका छन् ।

यो पटकको भ्रमणका अवसरमा उनले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू