मंगलबार, माघ १, २०८१
11:18 | १७:०३

नेपालमा अन्तर्राष्ट्रिय कानूनबारे एक दिवसीय सम्मेलन हुने

नेपाली लिङ्क जुलाइ २९, २०२२


काठमाडौं । एशियन सोसाइटी अफ इन्टरनेशनल ल तथा नेप्लिज सोसाइटी अफ इन्टरनेशनल ल को संयुक्त तत्वावधानमा यहि साउन १४ गते शनिवार एक दिवसीय  अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

उक्त सम्मेलनमा ‘पावर एण्ड द डेभेलपमेण्ट अफ इन्टरनेशनल ल’ अन्तर्गत २९ विविध विषयमा विचार विमर्श र निश्कर्ष निकालिने छ । 

ललिपुरको जावलाखेलस्थित प्रशासनिक प्रतिष्ठानको सभाकक्षमा आयोजना हुने एक दिवसीय उक्त विचार गोष्ठि बिहान ७ः३० देखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ । 

नेपालमा आयोजना हुने विषेश अन्तर्राष्ट्रिय महत्वको उक्त समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

​उक्त सम्मेलनमा २४ वटा विभिन्न देशबाट अन्तर्राष्ट्रिय कानून विद्हरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय न्यायालयका पूर्व प्रधान न्यायाधीश, वर्तमान उपप्रधान न्यायाधीश, अन्तर्राष्ट्रिय अपराध अदालतका न्यायाधीश,  संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय कानून आयोगका सदस्य तथा विश्वका अन्तर्राष्ट्रिय कानूनका प्रतिष्ठित विद्वानहरुको सहभागिता हुनेछ । 

उक्त सम्मेलन ‘हाइब्रीड’ मोडेल अर्थात अनलाइन र इन पर्शन दुवै तरिकाले हुँदैछ ।

सम्मेलनका संयोजक प्रोफेशर डा. उपेन्द्रदेव आचार्य छन् । उनले एशियाको सन्दर्भमा शक्तिको प्रभाव सम्वन्धी विश्वका प्रतिष्ठित व्यक्तित्वहरुको यस प्रकारको सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको बताए । 

साथै उनले नेपालमा भ्रष्ट्राचार सम्वन्धि कानून तथा भ्रष्ट्राचारको कालो जनविरोधी अभ्यासको वस्तुगत विश्लेषण पनि विशेष समूहमा हुने धारणा व्यक्त गरे । 

आचार्यका अनुसार सम्मेलनमा जिज्ञासुहरुका लागि समेत सहभागिताको व्यवस्था छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू