बुधबार, माघ २, २०८१
06:06 | ११:५१

श्रीलंकाको संकटकाल संसदबाट अनुमोदित

रासस/सिन्ह्वा जुलाइ २७, २०२२

श्रीलंकाली राष्ट्रपतिको कार्यालयबाहिर तैनाथ प्रहरी कमाण्डो र सेना । तस्बिर एपी

कोलम्बो, ११ साउन – श्रीलंकाको संसद्ले जुलाईको सुरुतिर तत्कालीन कार्यबाहक राष्ट्रपति रनिल विक्रेमासिङ्घेद्वारा घोषणा गरेको अनिश्चितकालका लागि संकटकालीन अवस्थाको घोषणालाई अनुमोदन गरेको छ ।

बुधबार भएको मतदानमा एक सय २० सांसद्ले संकटकाल अनुमोदनको पक्ष र ६३ जनाले विपक्षमा मतदान गरेका छन् ।

सार्वजनिक सुरक्षाको हितका लागि सार्वजनिक सुरक्षा अध्यादेश, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनरक्षा ऐनअन्तर्गत जुलाई १८ देखि लागू हुने गरी आपत्कालीन अवस्थाको घोषणा कार्यवाहक राष्ट्रपति रहेका समय वर्तमान राष्ट्रपति विक्रमासिङ्घेले गरेका थिए ।

उक्त घोषणा भएको १४ दिनभित्र संसद्को अनुमोदन प्राप्त नभएमा कानुनी प्रावधानअनुसार त्यसको म्याद समाप्त हुने श्रीलंकाको कानुनी प्रावधान छ ।

विक्रमासिङ्घे २० जुलाईमा भएको संसदीय मतदानबाट श्रीलंकाको कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसको एक दिनपछि उनले शपथ लिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू