आबेको सम्मानमा सेप्टेम्बर २७ मा ‘राष्ट्रिय अन्त्येष्टि’ गरिने
टोकियो, ६ साउन -जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ कार्यक्रम गर्ने भएको छ ।
सरकारले शुक्रबार यस्तो घोषणा गरेको हो । उक्त अन्त्येष्टिमा विदेशी नेताहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
यो समारोह टोकियोको निप्पोन बुडोकानमा आयोजना गरिनेछ । यसपहिले सन् १९६७ मा एक पूर्व प्रधानमन्त्रीका लागि पनि जापानले राष्ट्रिय अन्त्येष्टिका लागि प्रयोग गरिएको थियो ।
सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा आबेको रेकर्ड, उनका प्रशंसनीय उपलब्धिहरू र विदेशी नेताहरूसँगको उनको सम्बन्धले राष्ट्रिय अन्त्येष्टि उपयुक्त बनाएको बताए ।
उनले थपे, “हामी अन्तेष्टि समारोहमा सहभागीता का लागि विशिष्ठ विदेशी पाहुनालाई पनि स्वीकार गर्नेछौँ । हामीसँग कूटनीतिक सम्बन्ध भएका देशहरुलाई यसबारे विस्तृत जानकारी दिइनेछ ।”
जुलाई ८ मा पश्चिमी शहर नारामा आबेलाई गोली हानिएको थियो । उनका आरोपित हत्यारा टेत्सुया यामागामी हिरासतमा छन् र उनले आबेलाई निशाना लगाएको स्वीकार गरेका छन् ।
तर, उनले जापानका पूर्व प्रधानमन्त्री आवे पनि चर्चसँग सम्बन्धित रहेको र उनकी आमाले पनि चर्चलाई दिएको ठूलो अनुदानका कारण आफ्नो जीवन दयनीय बनेकोले चर्चसँग सम्बन्ध रहेका पूर्व प्रधानमन्त्री आबेलाई आक्रमण गरेको वयान दिएका बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५