बुधबार, माघ २, २०८१
13:45 | १९:३०

नेपालीमूलका क्रिश्चियनहरुले गरे अक्सफोर्डमा विशाल भेला

नेपाली लिङ्क जुलाइ २२, २०२२

लण्डन- यूकेभर छरिएर बसेका नेपालीमूलका क्रिश्चियन विस्वाशीहरुको संस्था नेपाली क्रिश्चियन चर्चेस (एनसीसी यूके) ले गत १६ जुलाइमा अक्सफोर्डमा विशाल भेलासहित संगति गरेको छ ।  

हरेक वर्ष संगति गर्ने प्रचलन भएपनि कोभिडका कारण यो दुई बर्ष रोकिएर यसपटक भएको थियो ।  

बालक, वयस्कदेखि ज्येष्ठ नागरिक गरी करिब ७०० जना सहभागी उक्त धार्मिक भेला एल्डर डेबोरा आङदेङ्बेले सन्चालन गरेका थिए ।  

कार्यक्रममा Choir संचालन अर्पना सुनुवार र वचन पास्टर तिमोथी दोर्जेले दिएका थिए । प्रभु भोज पनि पास्टर तिमोथीले नै दिएका थिए ।  

उक्त वार्षिक संगतिमा धेरै नयाँ अतिथी पनि सहभागी भएका थिए । सो अवसरमा अमेरिकाबाट समेत डा. मनोज श्रेष्ठ आएर संगतिको शोभा झन् बढेको थियो ।  

एनसीसी यूकेका अध्यक्ष पास्टर फिलिप रसाइलीले संस्था स्थापना भएदेखि अहिलेसम्मको छोटो विवरण पेश गर्दै आउने दिनमा नयाँ कमिटीले केही नयाँ योजना ल्याउने विश्वास व्यक्त गरे । 

बिहान ११ बजे सुरु भएर दिउसो २ बजेसम्म चलेको उक्त संगतिमा भेला भएका ३ बर्ष भन्दा माथिका बालकहरुलाई सन्डे क्लासको व्यवस्था गरिएको थियो भने सन्डे स्कुलको अभिभारा पास्टर एलिना राई सुनुवारले सम्हालेकी थिइन् ।  


संगतिको अन्तमा एनसीसी यूकेका अध्यक्ष पास्टर फिलिप रसाइलीले सबै व्यवस्थापन मिलाउनेलाई धन्यवाद दिदै आशिशको प्रार्थना गरी संगति समापन गरेका थिए ।

२ बजे संगतिपछि दिवाभोज व्यवस्था गरिएको थियो भने सोको सबै अभिभारा एल्डर टुपेन्द्रले लिएका थिए ।  

कोभिडका कारण लामो समयपछि जम्मा हुन पाएका सहभागी एक अर्कामा भेटघाट हुँदा प्रफुल्ल भएर गफमा व्यस्त देखिन्थे । 

कार्यक्रमका लागि हल ब्यबस्था एनएलसी अक्सफोर्डले गरेको थियो । –सुरेन्द्र सुनुवार

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू