बुधबार, माघ २, २०८१
06:10
|
११:५५
इराकमा हिंसात्मक हमलाप्रति राष्ट्रसङ्घद्वारा निन्दा
रासस-सिन्ह्वा
जुलाइ २१, २०२२
बगदाद- इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ ।
इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ ।
सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए । ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ ।
इराकी सरकारी समाचार समितिका अनुसार इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको निन्दा गरेको छ ।
सो मिसनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त हिंसात्मक हमलाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग छ । यस्ता हिंसात्मक हमलाहरु तत्कालै रोक्न भन्दै सो विज्ञप्तिमा नागरिकको सुरक्षित रुपमा बाँच्ने अधिकारको सम्मान गर्न पनि माग गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५