दुबईमा अलपत्र डिलबहादुरको उद्धार
कावासोती-वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए ।
कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन् ।
आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उहाँलाई घर फर्काउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।
आप्रवासी कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलावासीलगायतबाट रकम सङ्कलन भएको बताइन् ।
दुबईस्थित नेपाली दूतावाससँगको समन्वयमा विकलाई नेपाल फर्काइएको सुरक्षित आप्रवासन स्रोत केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५