बुधबार, माघ २, २०८१
09:37 | १५:२२

सुडानको जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १०५ बढी

रासस/एएफपी जुलाइ २०, २०२२

तस्बिर एएफपी

खार्तूम, ४ साउन –सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बुधबार बताएका छन् ।

जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका हुन् ।

राज्य स्वास्थ्य मन्त्री जमाल नासरले एएफपीसँग राजधानी अल–दमाजिनबाट टेलिफोनमार्फत दिएको जानकारीमा भने, ‘अहिले स्थिति शान्त भएको छ । सेनाको तैनाथीले शनिबारदेखि लडाइँलाई कम गरेको छ ।’

विशेष गरी दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारहरूले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईवस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक यस्ता घातक झडपहरू हुन्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू