बुधबार, माघ २, २०८१
16:18 | २२:०३

बेलायतमा सफलता र खुशी हुने तरिका सिकाउन कार्यक्रम गरिंदै

नेपाली लिङ्क जुलाइ १५, २०२२


लण्डन – मानिस कसरी सफल र खुशी हुने, सम्पति आर्जन कसरी सम्भव छ ? पारस्पारिक सम्बन्ध बलियो र नेतृत्व विकास कसरी गर्ने जस्ता बिषयमा विभिन्न क्षेत्रमा सफल व्यक्तिवहरुबाट प्रवचन हुने भएको छ।

३० जुलाइ शनिबार भिलेज होटल फार्नबोरोमा तेस्रो ‘अन्लिश योर इनर सेल्फ इभेन्ट’ हुन लागेको हो । 

बिहान ९ देखि दिउँसो २ बजेसम्म हुने उक्त कार्यक्रममा वाइबीसी क्लिनिङका म्यानेजिङ डाइरेक्टर तथा सफल ब्यवसायी योगेन छेत्री, ब्रिटिश आर्मीका कर्नेल टोल खाम्चामगर, ए स्टार फाइनानसियल सोलुसन्स् यूकेका प्रवन्ध निर्देशक मिन दर्लामी, पेपर वर्क सोलुसन्स लिमिटेडका डाइरेक्टर श्याम श्रेष्ठ र माउसटेलका निर्देशक मान गुरुङ प्रमुख वक्ता हुनेछन् । सो अवसरमा उनीहरुका अनुभव र विभिन्न ‘आइडिया’ सेयर हुनेछ ।                                 

त्यसैगरि, नेटवर्किङ सेसन पनि राखिएकाले सफल ब्यवसायीहरु सूर्य गुरुङ, एबी गुरुङ, करन भट्टचन, जित मेयाङ्बो आदिलाई भेट्न सकिने आयोजकले जनाएका छन् । 

कार्यक्रममा जुमबाट समेत सहभागी हुन सकिनेछ।

कार्यक्रममा प्रत्यक्ष सहभागिताका लागि £२५, £४५ र £८५ को टिकेट राखिएको छ । £२५ तिर्नेका लागि अनलिमिटेड चिया कफी र स्न्याक्स हुनेछ भने £४५ तिर्नेलाई लन्च पनि व्यवस्था छ ।

£८५ को टिकेट लिनेले वक्ताहरुसंग लन्च र पुरानो ‘अन्लिश योर इनर सेल्फ इभेन्ट’ को भिडियो पनि हेर्न पाउने छन् । 

उक्त इभेन्टबाट उठेको रकममध्ये केही मानवीय सेवामा खर्चिने आयोजक माउसटेलका निर्देशक मान गुरुङले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू