बुधबार, माघ २, २०८१
09:41 | १५:२६

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा अन्तरिम राष्ट्रपतिमा शपथ   

रासस-एएनआई जुलाइ १५, २०२२

कोलम्बो –भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको शपथ लिएका छन् । श्रीलंकामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताएका थिए ।

औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाएका हुन् ।

संसद्का सभामुख अबेवर्देनाले एएनआईलाई भने, ‘हो, राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ, कानुनी प्रक्रिया अगाडि बढ्नेछ । सदस्यहरूलाई भोलि (राष्ट्रपति चयन गर्न) आमन्त्रित गरिने छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू