बुधबार, माघ २, २०८१
23:10 | ०४:५५

उपसभामुखमा कांग्रेसकी गौतम र एमालेकी भट्टराईको उम्मेदवारी

रासस जुलाइ १४, २०२२

नेपाली काँग्रेस सचेतक पुष्पा भुसाल गौतम बिहीबार प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउँदै । तस्बिर रासस

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् । सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) की लक्ष्मीकुमारी चौधरी समर्थक छन् ।

लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो । सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा गौतमको उम्मेदवारी परेको हो ।

उपसभामुखमा एमाले उम्मेदवार भट्टराई

नेकपा (एमाले) ले प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।

उनले संघीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू