श्रीलंका संकटः प्रदर्शनकारी सुरक्षा घेरा तोडेर प्रधानमन्त्री कार्यालय छिरे
कोलम्बो, २९ असार –प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । बुधबार उनीहरूले श्रीलंकाको संकट समाधान गर्न वर्तमान् सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताए ।
प्रधानमन्त्रीको कार्यालयमा सयौँको सङ्ख्यामा तैनाथ सशस्त्र सुरक्षा फौजसँग लामो समय झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलंकास्थित संवाददाताले पुष्टि गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा पुगेका प्रदर्शनकारीले श्रीलंका संकटका कारण राजापाक्ष परिवार र उनको प्रशासन रहेको भन्दै आफूहरूले आन्दोलन गरेको र राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नु आफ्नो सफलता भएको बताएका छन् ।
यसैबीच, श्रीलंकाको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ ।प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजन कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् ।
श्रीलंकाले इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभाव सामना गरिरहेको छ र मुद्रास्फीति बढ्दै गएकोले स्वतन्त्रता पछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५