बुधबार, माघ २, २०८१
10:26 | १६:११

श्रीलंकाली राष्ट्रपति र प्रधानमन्त्री दुवै पद त्याग्न तयार

रासस/सिन्ह्वा जुलाइ १०, २०२२

सरकारविरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर गर्न पानीको फोहोरा हान्दै प्रहरी । तस्बिर एएफपी

कोलम्बो, २६ असार–श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाई १३ तारिख राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुरा जानकारी गराएका हुन् ।

राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रीलंकाका विभिन्न राजनीतिक दलले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

यसअघि यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । 
प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटाबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरुले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उनीहरुले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।

उता शनिबार राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरु प्रवेश गरेका थिए । उनीहरुले प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी समेत गरेका छन् ।

उता राष्ट्रपति गोटाबाायाले शनिबार नै आफ्नो सरकारी निवास छोडेका यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू