बुधबार, माघ २, २०८१
12:59 | १८:४४

सिड्नीमा बाढीका कारण हजारौँ विस्थापित   

रासस-एएनआई जुलाइ ५, २०२२

तस्बिर एपी

सिड्नी, २१ असार- अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।

अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाई छ ।  स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थान तर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन् । झण्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन् ।

पछिल्लो चार दिनमा झण्डै आठ महिनामा पर्ने वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्। आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् । बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन् ।

ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपतकालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ । जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई वेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन् ।

जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीहरूले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू