बुधबार, माघ २, २०८१
12:39
|
१८:२४
‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’
रासस/एएफपी
जुन २९, २०२२
बर्लिन, १५ असार–बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु नगर्ने बताएका छन् ।
‘यदि पुटिन एउटी महिला भएको भए उनी स्पष्ट रूपमा होइनन्, तर यदि उनी भएको भए मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए’- जोनसनले मंगलबार साँझ जर्मनीमा भनेका छन् ।
युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि उनले बताए ।
‘मस्कोसँग शान्ति वार्ता सम्भव भएमा युक्रेनलाई सबैभन्दा राम्रो रणनीतिक स्थितिमा राख्नका लागि पश्चिमी सहयोगीहरूले समर्थन गर्नुपर्छ’- उनले थपे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ