बुधबार, माघ २, २०८१
13:38 | १९:२३

एनआरएनए युगाण्डाको सक्रियतामा कम्पालामा रक्तदान

नेपाली लिङ्क जुन २७, २०२२

कम्पाला (युगान्डा)- गैरआवासीय  नेपाली संघ राष्ट्रिय समन्वय समिति युगान्डा र नेपाली रक्तदाता संघको संयुक्त आयोजनामा युगान्डाको कम्पालामा आइतबार रक्तदान कार्यक्रम भएको छ ।

कम्पालाको किङडम कम्पाला मलमा सम्पन्न भएको रक्तदानमा ७२ जनाले रक्तदान गरे ।

रक्तदानमा नेपाली रक्तदाताका साथै स्थानीय युगान्डा, भारतीय तथा पाकिस्तानी संस्था तथा व्यक्तिहरुको सहभागिता थियो । ब्लड बैंक युगान्डालाई सोही दिन रगत हस्तान्तरण गरिएको आयोजक समितिका अध्यक्ष बर्षा क्षेत्रीले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनी ३ लाख ४० हजार युनिट रगत आवश्यक छ जसमध्ये दुई लाख युनिट मात्र संकलन हुँदै आएको छ ।

रगत अभावले धेरै युगान्डनहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगत अभाव हुन नदिन गैरआवासीय नेपाली संघले रक्तदान कार्यक्रम नियमित आयोजना गरिरहेको संघका युगाण्डा अध्यक्ष बिनोद थापाले जानकारी दिए ।

नेपाली रक्तदाता संघकी सहसचिव तारा गिरीले नेपालीहरुको युगान्डामा न्यून उपस्थितिका बावजुद अत्यन्तै सह्रानीय काम गरिरहेको भन्दै युगान्डन तथा अन्य मुलुकका संस्थाहरुले नेपालीलाई धन्यवाद दिने गरेको बताइन्।

रक्तदान कार्यक्रमलाई पाकिस्तानी संघले आपतकालीन परिस्थितिका लागि भन्दै दिनभर एम्बुलेन्स उपलब्ध गराएको थियो ।

रक्तदाताका लागि खाना व्यवस्थापन कम्पालास्थित हिमालय रेस्टुरेन्ट एन्ड बारले गरेको थियो ।

रक्तदान कार्यक्रममा एनआरएनए युगाण्डाका वरिष्ठ सल्लाहकार रमेश कंडेल, कोषाध्यक्ष संजिव सापकोटा, सहकोषाध्यक्ष सुनिल तामाङ, उपाध्यक्ष रमा अर्याल, प्रवक्ता तेज खडका, प्रेम श्रेष्ठ, महिला उपाध्यक्ष सिता श्रेष्ठ, निक्कु केसी, रक्तदाता संघ सदस्य तिलकप्रसाद भन्डारी, रेडक्रस युगान्डा, ब्लड बैंक युगान्डालगायतको सक्रिय भूमिका थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू