अनेसास यूकेद्वारा २०८ औं भानुजयन्ती मनाउने तयारी
सुप्रमा-ईप्रमा पुरस्कार वितरण गरिने


लन्डन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले आगामी जुलाई ३ तारिख २०८औं भानुजयन्ती तथा ९१ औं ईश्वर जयन्ती मनाउने भएको छ । साथमा सुप्रमा-ईप्रमा पुरस्कार वितरण पनि गरिने संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राज श्रेष्ठले जानकारी दिए ।
डायमण्ड बुद्धिष्ट सेन्टर वुल्वीचमा अनेसास अध्यक्ष लाराको सभापतित्वमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा सम्पूर्ण बेलायतवासी नेपाली भाषा साहित्यप्रेमीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
सन् २००४ मा स्थापना भए देखि नै अनेसासले आदिकवि भानुभक्तको संझनामा प्रत्येक वर्ष साहित्यिक कार्यक्रम गर्दै आएकोमा सन् २०१४ देखि बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धर जयन्ती पनि मनाउन थालिएको हो।
स्व. मानन्धरले ६० को दशक देखि नै बेलायतमा रहेर नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउंदै आएका व्यक्ति हुन् । उनका कथा, कविता, उपन्यास, चुट्किला जस्ता विविध विधामा ९ ओटा कृतिहरु प्रकाशित छन् ।
मानन्धरले आफ्ना बुवा सुन्दर प्रसाद मानन्धरको सम्झनामा सुप्रमा पुरस्कार स्थापना गरेका थिए भने मरणोपरान्त उनको पनि सम्मानमा उक्त पुरस्कार सुप्रमा-ईप्रमा पुरस्कार नामबाट परिचित छ।
२५१ पाउण्ड नगद रहेको उक्त पुरस्कारद्वारा हालसम्म बेलायतमा रहेका ८ जना नेपाली श्रष्टाहरु पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५