बुधबार, माघ २, २०८१
16:13 | २१:५८

अफगानिस्तानका ६ हजार बढी परिवारलाई मानवीय सहायता

रासस-सिन्हवा जुन २०, २०२२

फाइल तस्बिर एएफपी

काबुल । अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ । उनीहरुले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको शरणार्थी तथा पुनस्र्थापनासम्बन्धी मन्त्रालयले जानकारी दिएको छ ।

प्राप्त भएका सामग्रीहरुमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यकताका सामग्रीहरु रहेका पनि सो मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानाइएको छ । यी सामग्रीहरु विभिन्न स्थानीय तथा विदेशी दाता संस्थाहरुबाट प्राप्त भएको पनि आइतबार सो मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ वर्षदिन अघिदेखि तालिबानहरुले शासन सत्ता आफ्ना हातमा लिएपछि मानिसहरुलाई न्यूनतम आवश्यकताको पनि समस्या पर्दै आएको छ । यसैकारण अफगानिस्तानका नागरिकलाई विभिन्न विदेशी राष्ट्र तथा दाता संस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।

देशको ३ करोड ७५ लाख जनसङख्यामध्ये कम्तीमा पनि २ करोड २० लाखलाई खाद्यान्न समस्या अहिले पनि देखिएको छ । त्यसैले विभिन्न दाता संस्था तथा राष्ट्रहरुले यहाँका नागरिकलाई खाद्यान्न लगायतको अति आवश्यकताका सामग्रीहरु सहयोग गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू