बुधबार, माघ २, २०८१
17:05 | २२:५०

रूसविरूद्ध आर्थिक प्रतिबन्धपछि पुटिन आक्रामक

रासस-सिन्ह्वा जुन १८, २०२२

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । फाइल तस्बिर- एपी

सेन्टपिटर्सबर्ग, ४ असार-यूक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विवेकहीन’ कदमको संज्ञा दिएका छन् ।

सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले अमेरिका तथा उसका सहयोगी यूरोपेली मुलुकको चर्को आलोचना गरे ।

सेन्ट पिटर्सबर्ग इन्टरन्याश्नल इकोनमिक फोरम’ लाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण यूरोपेली संघ (ईयू) ले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेका थिए ।

“रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन,” उनले भने । प्रतिबन्ध प्रत्युत्पादक भएको उनको दाबी थियो ।

पश्चिमी राष्ट्रहरूले रूसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेका समय पुटिनको उक्त भनाई आएको हो ।

उक्त अबसरमा पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र यूरोपमा मानिसहरूको वास्तविक चासोलाई पन्छाइएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू