मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई


काठमाडौं । मिस नेपाल २०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् ।
शनिबार ललितपुरको गोदावरीमा सम्पन्न फिनालेमा विजेता बन्दै उनले ताज पहिरिएकी हुन् ।
मिस नेपालको विजेता बनेसँगै जोशीले आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी बन्न पाउनेछिन् ।
यस वर्षको प्रतियोगितामा देशभरका कुल ८ सय युवतीले आवेदन दिएको आयोजक ‘हिडन ट्रेजर’ ले जनाएको छ । जसमध्ये छनोटमा परेका २४ सुन्दरीले फिनालेमा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताअन्तर्गत मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन् ।
कोभिड महामारीका कारण पछिल्लो दुई वर्ष अवरुद्ध मिस नेपाल यसपटक सुचारु भएको हो।

हिडन ट्रेजरद्वारा ललितपुरको गोदावरीमा शनिबार आयोजित डावर वाटिका मिस नेपाल वर्ल्ड २०२२ कि विजयता प्रियन्कारानी जोशी, डावर वाटिका मिस नेपाल इन्टरनेशनल २०२२ विजयता न्यान्सी खडका तथा डावर वाटिका मिस नेपाल अर्थ२०२२ कि विजयता सरीशा श्रेष्ठ अभिवादन गर्दै । तस्वीर – प्रदिपराज वन्त, रासस
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५