बिहीबार, माघ ३, २०८१
19:52 | ०१:३७

बेलायती प्रधानमन्त्री र जेलेन्स्कीबीच हतियार र सुरक्षा सामग्री आयात बढाउनेबारे छलफल

रासस-सिन्ह्वा जुन १८, २०२२

किभ, ४ असार – युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच शुक्रबार भेटवार्ता भएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछिको अवस्थाका बारेमा उनीहरूबीच छलफल केन्द्रित भएको जनाइएको छ । युक्रेनका राष्ट्रपति जेलेनेन्सकीसँग छलफल गर्न बेलायतका प्रधानमन्त्री जोनसन युक्रेन नै आएका छन् ।

दुवै पक्षका अधिकारीहरूले दिएको जानकारी अनुसार विशेष गरेर सुरक्षा अवस्था र सहयोगको आवश्यकताबारे उनीहरूले छलफल गरेका थिए ।

रुसले आक्रमण गरिरहेकाले युक्रेनको तर्फबाट जबाफी कारबाहीका लागि आवश्यक हतियार तथा सुरक्षा सामग्री कसरी जुटाउने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

बैठकपछि युक्रेनका राष्ट्रपति जेलेनेस्कीले भने, “ठूला हतियार तथा सुरक्षा सामग्रीहरूको आयात कसरी बढाउने भन्ने बारेमा हामीले छलफल गरेका छौँ ।”

युक्रेनका लागि अहिलेको मुख्य चासोको विषय भनेकै हतियार व्यवस्थापन भएकाले त्यस तर्फ नयाँ कदम चाल्ने सहमति भएको उनको भनाई छ ।

युक्रेनको आवश्यकता र अनुरोधलाई बेलायती प्रधानमन्त्री जोनसनले सहजतापूर्वक स्वीकार गर्दै पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि जेलेनेस्कीले जानकारी दिए ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि अधिकांश देशले त्यसको विरोध गरेका छन् । उनीहरूले युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् ।

तर, युद्ध लम्बिँदै गएकाले श्रोत साधनको अभाव पनि हुँदै गएको छ । त्यसैले युक्रेनले सहयोग बढाउन आफ्ना समर्थक सबै देशहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू