बिहीबार, माघ ३, २०८१
19:56 | ०१:४१

बेलायतमा ५०० बढीमा भेटियो मंकीपक्स

रासस-एएनआई/सिन्ह्वा जुन १६, २०२२

लन्डन – पछिल्लो आधिकारिक तथ्यांक अनुसार बेलायतमा बुधबारसम्ममा मंकीपक्सका बिरामीको सङ्ख्या ५०० नाघेको छ।

यूके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मंकीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ । स्कटल्याण्डमा एक र वेल्समा एक जना थप संक्रमित सहित बेलायतमा मंगलबारसम्म पुष्टि भएका संक्रमित सङ्ख्या ५२४ पुगेको छ।

इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ ।

नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा संक्रमण बढ्दो पाइएको छ । समलिङ्गी, उभयलिङ्गी वा अन्य प्रकारले यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो संक्रमण देखिएको यूके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका संक्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्षित गरी संक्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।

‘यद्यपि समग्र जोखिम सानो देखिन्छ, सबैजना सतर्क रहनु पर्छ किनकि सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन् । संक्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि असर गर्ने सम्भावना हुन्छ’, हेम्यानले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू