बिहीबार, माघ ३, २०८१
18:45 | ००:३०

रुस युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकटको जोखिम बढ्दो

रासस- एएनआई जुन ९, २०२२

तस्बिर एएफपी

न्यूयोर्क, २६ जेठ–रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन्, ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

लम्बिंदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा संकट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।

राष्ट्रसंघीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र इन्धनको मूल्यलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन आह्वान गरेको छ । आगामी वर्ष खाद्यान्न संकट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा जोड दिइएको छ ।

“यदि युद्ध जारी रह्यो, अनाज र मलको उच्च मूल्य आगामी खेती याममा पनि निरन्तर रह्यो भने मकै, गहुँ र सागसब्जीलगायत खाद्यान्न उपलब्धता घट्ने तथा थपिने ऊर्जा संकटले अर्बौ नराम्ररी प्रभावित हुने छन्,”प्रतिवेदनमा भनिएको छ ।

महासचिव एन्टोनियो गुटरेसले युक्रेन युद्धको प्रभावले जीवनयापनको गम्भीर संकट सिर्जना गरेको र त्यसबाट कुनै पनि देश वा समुदाय उम्कन नसक्ने बताएका छन् ।

उनले खाद्य सुरक्षा, ऊर्जा र वित्तपोषणमा द्वन्द्वको प्रभाव घटाउन आफ्ना नागरिकहरूको जीवन र जीविकोपार्जन जोगाउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू