बिहीबार, माघ ३, २०८१
19:57 | ०१:४२

श्रीलंकालाई खाद्य, कृषि र स्वास्थ्यमा सहयोग गर्न राष्ट्रसंघको आह्वान

रासस-एपी जुन ७, २०२२

सवारी साधनहरु तेल भर्न घण्टौं लामो लाइनमा । तस्बिर एएफपी

कोलम्बो, २४ जेठ-चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई खाद्य, कृषि र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न संयुक्त राष्ट्रसंघले विश्वव्यापी आह्वान गरेको छ ।

लगभग टाटपल्टिएको श्रीलंका खाद्यान्न, औषधि, इन्धन र खाना पकाउने ग्यासलगायतका अत्यावश्यक वस्तुको गम्भीर अभाव भएको छ ।

सन् २०२६ सम्ममा तिनुपर्ने २५ अर्ब डलरको वैदेशिक ऋणमध्ये यो वर्ष ७ अर्ब डलर चुक्ता गर्ने छ । श्रीलंकाको कुल विदेशी ऋण ५१ अर्ब डलर छ ।

उता, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले उक्त विश्व संस्था राष्ट्रसंघले चार करोड ८० लाख अमेरिकी डलर सहयोग गर्ने जानकारी दिँदै धैर्य गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिङ्घेले चार महिनाको अवधिमा संयुक्त राष्ट्रसंघले उक्त सहायता उपलब्ध गराउने योजना रहेको बताएका हुन् ।

आगामी तीन हप्ताका लागि केही अत्यावश्यक वस्तुहरू प्राप्त गर्न कठिन हुने बताउँदै उनले सबैलाई एकताबद्ध र धैर्यवान हुन, दुर्लभ आपूर्तिलाई सकेसम्म सावधानीपूर्वक प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरे ।

बिना अवरोध इन्धन, खाद्यान्न र अन्य स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको उनले संसद्लाई बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू