बिहीबार, माघ ३, २०८१
21:51 | ०३:३६

तमु समाज यूकेको १५ औं वार्षिक साधारणसभा

शिवशरण गुरुङ जुन ७, २०२२

लण्डन- तमु समाज यूकेको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजको वार्षिक साधारणसभा गत ५ जुन आइतबार तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भएको हो ।

तमु समाज यूके छैटौं कार्यसमितिका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षतामा बसेको उक्त साधारण सभा अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष उमा देवी गुरुङ र सल्लाहकार तथा काउन्सिलर कमल गरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो। 

सभाको आरम्भमा समाजका दिवङ्गत सदस्यहरुको स्मृतिमा १ मिनट मौनधारण गरियो।

महासचिव धरमबल गुरुङले ‘हेल्थ एण्ड सेफ्टि’ बारे जानकारी गराउंदै संचालन गरेको सभामा बरिष्ठ उपाध्यक्ष हर्क बहादुर गरुङले स्वागत मन्तब्य, पूर्ब अध्यक्षद्वय शिवशरण गुरुङ, अर्जुन कुमार गुरुङ र निवर्तमान अध्यक्ष शिव चन्द्र गुरुङले शुभकामना मन्तव्य राखेका थिए। 

शुभकामना मन्तव्यकै क्रममा संस्थापक अध्यक्ष चित्र बहादुर गरुङले छैटौं कार्य समितिले विगत देखि वर्तमानसम्म गरेका बिभिन्न सामाजिक तथा परोपकारी कार्यहरुको मुग्ध कण्ठले प्रसंशा गर्दै हार्दिक बधाई र शुभकामना दिए ।

साधरण सभामा महासचिवले संस्थाको वार्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेपछि क्रमस: आमा समूहकी अध्यक्षले आमा समूहको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खेम बहादुर गुरुङ र अध्यक्ष शिव कुमार गुरुङले संयुक्तरुपमा भवन खरिद परियोजना र संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। सभामा प्रस्तुत गरेका सबै प्रतिवेदन सर्बसम्मतबाट अनुमोदन गरिएको थियो।

तमु समाज यूकेको १५ औं साधारण सभामा २०१८ देखि २०२० सालसम्म कार्यसमितिको सदस्य पदमा रही समाजलाई गरेको योगदानको उच्च कदर गर्दै स्वर्गीय खुशीमान गुरुङलाई मरणोप्रान्त सम्मान पत्र प्रदान गरिएको थियो। सम्मान पत्र स्वर्गीय गुरुङकी धर्मपत्नि श्रीमति पञ्जा गुरुङले ग्रहण गरिन् ।

सभामा समाजको विधान पुनरलेखन र आगामी बर्षको कार्यक्रमहरुबारे बुंदागत रुपमा घनिभूत छलफलगरि महत्वपूर्ण निर्णयहरु गरिएको छ।

सभामा सदस्यहरुले समाजको सर्बोपरि हित, उन्नति र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिदै हालसम्म भैरहेका कार्यहरुमा खुशी प्रकट गरे ।

साधारण सभाको अन्तमा सदसस्यहरुको बोल्ने क्रममा उठेका र प्रस्ताव गरिएका बिभिन्न बिषयहरुको बुंदागत छलफल र निर्णयहरु गरेपछि अध्यक्ष शिवकुमार गरुङले सबैलाई आभार प्रकट गर्दै धन्यबाद मन्तब्य राखेर १५ औं वार्षिक साधारण सभा औपचारिक रुपमा समापन भएको थियो।

बिहान १०:३० बजे आरम्भ भई बेलुका १७:३० बजे अन्त भएको कार्यक्रमको मध्यान्तरमा आमा समूहको संयोजनमा खाना र जलपान व्यवस्था गरिएको थियो।

साधरणसभा अन्त भएलगत्तै गत मेमा सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा लेबर पार्टीको प्रतिनिधित्व गरि लन्डन बरो अफ बार्नेटको बर्न्टओक वार्डबाट काउन्सिलर पदमा निर्वाचित तमु समाज यूकेका सल्लाहकार कमल गुरुङ र उनको धर्मपत्नि तमु समाज यूके सल्लाहकार तथा आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङलाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो। 

बधाई तथा सम्मान कार्यक्रममा अन्य संघ संस्थाका व्यक्तित्व, काउन्सिलर गुरुङका आफन्तजन तथा शुभचिन्तकहरुको पनि उपस्थिति थियो।

कार्यक्रममा काउन्सिलर कमल गुरुङको निर्बाचनबारे श्रव्य दृष्य प्रस्तुत गर्दै तमु समाज यूके अध्यक्ष तथा आमा समूहकी  अध्यक्षले फेटा, खादा पछ्यौरी तथा पुष्पगुच्छा प्रदान गरि काउन्सिलर दम्पतिलाई बधाई तथा सम्मान गरे ।

यसैगरी उपस्थित अन्य सबैले पनि काउन्सिलर दम्पतिलाई खादा लगाई बधाई दिए । त्यस पस्चात केक काटी खुशीयाली आदानप्रदान भएको थियो ।

कार्यक्रममा काउन्सिलर गुरुङको परिवारबाट उपस्थितलाई भोजन र पेय पदार्थ व्यवस्था गरिएको थियो ।

सो अवसरमा तमु समाज यूकेले गायिका तारा श्रृस मगरलाई खादा, पछ्यौरी र पुष्पगुच्छा प्रदान गरि सम्मान गरेको छ भने तारा श्रृसले तमु समाज यूकेलाई मायाको चिनो प्रदान गरेकी छन् । कार्यक्रम अन्तसम्म तारा श्रृस मगरले सुमधुर गीत गाएर सबैलाई नचाइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू