बिहीबार, माघ ३, २०८१
21:55 | ०३:४०

स्वीन्डनका नेपालीले मनाए बेलायती महारानीको प्लाटिनम जुब्ली

नेपाली लिङ्क जुन ५, २०२२

लन्डन । बेलायतको स्वीन्डनका नेपालीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको राज्यरोहणको ७० वर्ष (प्लाटिनम जुब्ली) हर्षोल्लासका साथ मनाएका छन् ।
नेपाली एसोसिएसन अफ वील्सायरले गत शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममा सयौं नेपाली तथा बेलायती सहभागी थिए ।

नेपाली एसोसिएसन अफ वील्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको शुरुमा ब्यागपाइपर धुन बजाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, विशेष अतिथीहरु स्वीन्डन बरो काउन्सिल मेयर काउन्सिलर अब्दुल अमिन र डेपुटी लेफ्टिनेन्ट अफ वील्सायर सिर्ले लुडोर्डले रानीको सम्मानमा दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा केक काटेर रानीको सुस्वास्थ्य तथा दीर्घजीवनको कामनासहित खुशीयाली पनि सांटिएको नेपाली एसोसिएसन अफ वील्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङले जनाए । कार्यक्रममा नेपाली लोकगायक बिरु लामाले गायन प्रस्तुत गरेका थिए ।

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया महारानी भएको गत आइतवार ७० वर्ष पुरा भएको छ । उनी २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन् । बेलायतको इतिहासमा उनले नै सबैभन्दा बढी शासन गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू