एसआइ यूके नेपालले ‘एजुकेशन फेयर’ गर्दै
काठमाडौं – एसआइ यूके नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ गर्ने भएको छ । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै एस आइ यूके नेपालले सो जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यूके नेपालले आफ्नो स्थापना काल देखिनै बेला–बेलामा यस्तो किसिमको मेला आयोजना गर्दै आएको संस्थाका डिरेक्टर विनय अधिकारीले जानकारी गराए ।
फेयर मार्फत विद्यार्थी र अभिभावकले युकेका ३० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाबारे जानकारी पाउने एसआइ यूके नेपालका कन्ट्री मेनेजर अस्गर हुँसेनले बताए ।
फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया सुरु गर्दछ, उनीहरुलाई निशुल्क आईइएलटिएस, प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले जानकारी गराए ।
वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षबारे प्रतिनिधिहरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन एसआइ युके नेपालकी बान्च्र म्यानेजर सुस्मित शिवाकोटीले पत्रकार सम्मेलनमार्फत बताइन् ।
एसआइ यूकेका कार्यालय विश्वका ४० वटा देशमा संचालन छन् भने ७९ ठाउँमा ग्लोबल अफिसमार्फत १५८ विश्वविद्यालयसँग आबद्ध भई विगत १६ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ ।