बिहीबार, माघ ३, २०८१
20:03 | ०१:४८

१ करोड ४० लाख युक्रेनीले घर छाडे

रासस–सिन्ह्वा जुन ४, २०२२

कीभ, २१ जेठ-संयुक्त राष्ट्रसंघले रुस–युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ ।

सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो । युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र संघीय संकट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका छन्।

द्वन्द्वले १ करोड ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको समेत अभावमा छन् ।

गत फेब्रुअरी २४ मा द्वन्द्व शुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका शहरहरू सहित युक्रेनभरि लगभग ८ लाख मानिसलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको संयुक्त राष्ट्रका अधिकारीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय संक्ट जाडो याममा अझ चर्किने चेतावनी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू