बिहीबार, माघ ३, २०८१
19:42
|
०१:२७
युक्रेनको पुनः निर्माण शुरु
रासस–सिन्ह्वा
जुन ४, २०२२
कीभ, २१ जेठ-युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले शुक्रबार देशले द्वन्द्वपछिको पुनःनिर्माणको पहिलो चरण शुरु गरेको बताएका छन् ।
पुनः निर्माणको पहिलो चरणमा, युक्रेनी अधिकारीहरूले रुस–युक्रेन द्वन्द्वबाट भएको क्षतिको मूल्याङ्कन गर्ने, पुनर्निर्माण परियोजनाहरूको लागि प्राविधिक कागजातहरू तयार गर्ने र महत्त्वपूर्ण सुविधाहरूको मर्मत सम्भार गर्ने बताइएको छ ।
‘सरकारको काम शरद ऋतुमा अधिकांश क्षतिग्रस्त महत्त्वपूर्ण सुविधाहरू पुनर्स्थापित गर्ने हो’, प्रधानमन्त्रीले भने ।
युक्रेनको राज्य सडक एजेन्सी युक्राभतोडोरले युक्रेनमा द्वन्द्वका कारण करिब ३ सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको बताएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ