बिहीबार, माघ ३, २०८१
21:43 | ०३:२८

एनआरएनएले प्रदेश १ सरकारसंग सडक सुरक्षाका लागि सहकार्य गर्ने

नेपाली लिङ्क जुन ४, २०२२

लन्डन । एनआरएनएले नेपालको प्रदेश १ सरकारसंग सडक सुरक्षाका लागि सहकार्य गर्ने भएको छ ।

बेलायत भ्रमणमा रहेका प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष थर्क सेनबीच शनिबार भएको भेटवार्तामा सोबारे छलफल भयो ।

नेपाली जनसम्पर्क समिति बेलायत र एनआरएनए यूके अभियन्ताहरुले मन्त्री कार्की र उपाध्यक्ष सेनलाई बधाई तथा शुभकामना दिने क्रममा उनीहरुबीच रोड सेफ्टीबारे गहन छलफल भएको सेनले बताए ।

मन्त्री कार्कीले प्रदेश १ मा रोड सेफ्टी मामिला समेत हेर्ने भएकाले उपाध्यक्ष सेनले यस विद्यामा आफ्नो लामो अनुभव र सहकार्यबारे छलफल गरे । बेलायतमा सडक सुरक्षा प्रणाली, अपनाइएका विविध उपाय, नियम कानून, नेपालमा फितलो कार्यान्वयन पक्ष, सडक दुर्घटनाका जोखिम आदिबारे विस्तृत कुराकानी भएको सेनले बताए ।

कार्यक्रममा उपाध्यक्ष सेनले मन्त्री कार्कीलाई 
रोड सेफ्टी सम्बन्धि पुस्तक पनि हस्तान्तरण गरेका थिए ।

रोड सेफ्टीबाहेक उपाध्यक्ष सेनले मन्त्री कार्कीसंग गैर आवासीय नेपाली अभियान र नागरिकताबारे पनि प्रकाश पारेका थिए ।

सेनले पछिल्लो समय एनआरएनएमा राजनीतिक प्रभाव हावी हुंदा यसको साख गिरेको जनाउंदै आफूहरु 
संस्था रुपान्तरणमा लागिरहेको मन्त्रीसमक्ष बताएका थिए ।

उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व सभापति लोक गुरुङ, एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, नेपाली जनसम्पर्क समिति बेलायतकी सभापति कोपिला सुब्बा, कांग्रेस नेताहरु तर्कजंग गुरुङ, रिचार्ड गुरुङ, एनआरएनए यूके पूर्व उपाध्यक्षहरु हिराधन राई, रोजिनाप्रधान राई लगायतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू