बिहीबार, माघ ३, २०८१
21:58 | ०३:४३

बेलायती महारानीको राज्यारोहणको ७० औँ वर्षगाँठ समारोहमा हजारौँ सहभागी 

रासस-एएफपी जुन २, २०२२

तस्बिर एपी

लन्डन – बेलायतकी महारानी एलिजाबेथ द्वितीयले सत्ता सम्हालेको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा लन्डनमा ऐतिहासिक समारोह गरिएको हो ।

समारोहको पहिलो दिन महारानीलाई थप दीर्घजीवनको शुभकामना व्यक्त गरिएको छ ।

महारानीको बुढ्यौलीका कारण देखिएको स्वास्थ्य समस्याले गर्दा उनी सार्वजनिक रूपमा उपस्थित हुन सक्नेमा आशंका गरिएको थियो । जब उनले हजारौं शुभचिन्तकलाई आफ्नो दरबारको कौसीबाट अभिवादन गरिन् उनको दीर्घायूको कामना गर्दै कार्यक्रममा सहभागी दर्शकले भीडबाट रानीको जयजयकार गरेका थिए ।

शताब्दीयौं पुरानो ‘ट्रूपिङ द कलर’ सैन्य परेड हेर्न हजारौं मानिसहरू चहकिलो घाममा लण्डनको मध्य भागमा भेला भएका थिए ।

सिंहासनमा ७० वर्ष लामो समयसम्म रहेकी महारानीले लामो समय बेलायतको सिंहासनमा रहेर नेतृत्व गरी संवैधानिक राजसंसस्थाको रेकर्ड बनाएकी छन् ।

उत्सवमा ९६ वर्षीया महारानीको उपस्थिति रोग बिमार र हालैको गतिशीलताका कारण कम अपेक्षा गरिएको थियो । जब उनी दरबारको कौसीमा देखिएर सबै प्रशंसकलाई हात हल्लाएर अभिवादन गरिन् उनलाई त्यहाँ सहभागी जनमासले हर्षविभोर भएर सामूहिक स्वरमा उच्च प्रशंसा गरेका थिए ।

निलो पहिरनमा सजिएकी महारानीले सो अवसरमा लौरोको सहायतामा राजपरम्पराअनुसार बकिङहाम प्यालेसको कौसीबाटै फौजबाट सलामी ग्रहण गरेकी थिइन् । महारानीलाई सलामी दिएपछि सुरू भएको हजारौँ सहभागी परेडमा राजपरिवारका सदस्यहरू रथारोहण गर्दै सडक वरपर उभिएका दर्शकलाई अभिनन्दन गरेका थिए ।

तस्बिरहरू- एपी

महारानीको प्लेटिनम जुब्ली मनाउने क्रममा राजदरबार अगाडि उर्लिएको जन सागर ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू