बिहीबार, माघ ३, २०८१
22:03
|
०३:४८
तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि…
रासस-सिन्ह्वा
जुन २, २०२२
नयाँदिल्ली, १९ जेठ-उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ ।
नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले सुरक्षा नियम उल्लंघन गरेकामा निजी वायुसेवा कम्पनी एयर विस्तारालाई रु १० लाख जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डिजिसीएका अधिकारीले बताएका छन् ।
उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए । यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लंघन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ