बिहीबार, माघ ३, २०८१
21:49 | ०३:३४

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

रासस–एएनआई/सिन्ह्वा जुन २, २०२२

रियो दि जेनेरियो (ब्राजिल), १९ जेठ- ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ।

कम्तिमा ६ हजार ६५० व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिरोले दर्जनौं घर भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगर क्षेत्रमा धेरै जनाको मृत्यु भएको छ।

पर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यस अघि दोस्रो सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा १७५ जनाले ज्यान गुमाएका थिए । अग्निनियन्त्रक र ब्राजिलियन सेनाले तालिम प्राप्त उद्धार कुकुरहरूको सहयोगमा बेपत्ता भएकाको शव खोजी कार्य तीव्र बनाएको छ ।

पर्नाम्बुका २४ नगरपालिकाहरूले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ ।

भारी वर्षा जारी रहेकाले मङ्गलबार पनि उद्धार कार्य स्थगित गर्नुपरेको थियो । साथै कारण यस क्षेत्रमा नयाँ पहिरो र बाढी आउन सक्ने चेतावनी दिइएको थियो।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सोमबार सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि १ अर्ब रियल (लगभग २१ करोड अमेरिकी डलर) विनियोजन गर्ने घोषणा गरेका छन्।

वर्षाले सर्जिपे, पाराइबा, रियो ग्रान्डे डो नोर्टे र अलागोआस राज्यहरूमा पनि क्षति पुरयाएको छ जहाँ तीन जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू