बिहीबार, माघ ३, २०८१
21:55 | ०३:४०

अष्ट्रेलियाका मन्त्रीहरूले लिए सपथ, आदिवासीबाट पहिलो महिला मन्त्री

रासस-सिन्ह्वा जुन १, २०२२

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीज नयां मन्त्रीहरुका साथ । तस्बिर- एपी

क्यानबेरा, १८ जेठ– अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ ।

लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्मा रहेका ३० जनालाई “गभर्नर जनरल” डेभिड हुर्लीले सपथ खुवाएका हुन् ।

क्यानबेरामा रहेको “गभरमेन्ट हाउस”मा प्रधानमन्त्री अम्बानीको रोहबरमा उनले मन्त्रीहरूलाई सपथ खुवाएको जनाइएको छ ।

अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ ।

मन्त्रिपरिषद्मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो ।

आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बनेकी छन् । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् । तर आदिवासी पुरुष केन वाईट मन्त्री बनेका थिए ।

त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकै पटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्मा सहभागी हुने ऐतिहासिक अवसर पाएका हुन् ।

लेबर पार्टीका नेता एन्थोनी अल्बानीज प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रिपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा थियो ।

अहिले लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि अल्बानीले एकल मन्त्रिपरिषद् गठन गरेका हुन् ।

कुल १५१ सिट रहेको अष्ट्रेलियाको तल्लो सदनमा बहुमत पुरयाउन कम्तीमा ७६ सिट जित्नु पर्नेमा लेबरले त्योभन्दा बढी जितिसकेको छ । कतिपय ठाउँमा अहिले पनि मतगणना भइरहेकाले अन्तिम नतिजा आउन बाँकी नै छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू