बिहीबार, माघ ३, २०८१
22:02 | ०३:४७

युक्रेनमा शान्ति स्थापनाबारे टर्कीका राष्ट्रपतिसंग छलफल  

रासस-सिन्ह्वा मे ३१, २०२२

किभ – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ ।

युक्रेनका राष्ट्रपति जेलिन्स्किीले आफूहरुबीच सम्पन्न सो फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको बताए ।

उनले आफूले सोमबार टर्कीस् राष्ट्रपति एर्डोगानसँग वार्ता गरेको र उनी युक्रेनमा शान्ति स्थापनाका लागि तयार रहेको जानकारी दिएका छन् ।

युक्रेनका राष्ट्रपति जेलिन्स्किीले सोमबार ट्वीटमार्फत् टर्कीस् राष्ट्रपति एर्डोगानले युक्रेनमा शान्ति स्थापना हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक मात्रामा टर्कीले सघाउने कुरा गरेको बताएका थिए ।

राष्ट्रपति जेलिन्स्किीले टर्कीको सहयोग र सदासयताको सराहना गर्नुपर्ने पनि सो ट्वीट्मा उल्लेख गरेका छन् ।

रुसले युक्रेनमा सैन्य कारबाही गरिरहेको छ । यसबाट युक्रेनको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू